६. कार्यकारी निर्देशक
१) समितिको प्रशासकीय प्रमुखको रूपमा काम गर्न कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त, अन्तर्राष्ट्रिय कानुन, कूटनीति, आर्थिक कूटनीति, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले समितिको सिफारिसमा एकजना कार्यकारी निर्देशक नियुक्ति गर्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि बढीमा दुई वर्षको हुनेछ र समितिको सिफारिसमा निजको एक अवधिको लागि पुन नियुक्त हुन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यकारी निर्देशकको काम सन्तोष जनक नभएमा नेपाल सरकारले निजको पदावधि पूरा नहुँदै कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौकाबाट
वञ्चित गरिने छैन ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका शर्त तथा सुविधाहरू तोकिएबमोजिम हुनेछ ।